Skip to navbar
नयाँ समाचार

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सम्बन्धमा


उपर्युक्त सम्बन्धमा  प्रत्येक बर्ष २५ नोभेम्वर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ । महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक वाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैगिक समानता कायम गर्न नेपालमा २०५४ साल देखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५/८ /२ गतेको बैठकले "सम्वत २०७५ साल मंसीर ९ गते देखि मंसीर २४ गतेसम्म (२५ नोभेम्बरदेखि १० डिसेम्बर २०१८ सम्म) सामाजिक सचेतना सहित लैगिक हिंसा विरुद्धको अभियान संचालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, सातैवटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, सातसय त्रिपन्न स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु, विद्यालय, सामाजिक संघ संस्थाहरुलाई आब्हान गर्ने र प्रत्येक वर्ष नोभेम्वर महिनाको २५ तारिखलाई महिला हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने"  निर्णय गरेको  छ ।

यस मन्त्रालयले "लैंगिक हिंसा र दुर्व्यवहार: छैन हामीलाई स्वीकार" भन्ने राष्ट्रिय नाराका साथ देशव्यापी रुपमा लैंगिक हिंसा विरुद्धको अभियान संचालन गर्न गईरहेको जानकारी गराउदै नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार संघीय सरकारका मन्त्रालय तथा निकायहरु, सातैवटा प्रदेश सरकार,सतहत्तर जिल्ला समन्वय समिति, सातसय त्रिपन्न स्थानीय तह एवं त्यसका वडाहरु, सरोकारवाला निकायहरु, विद्यालय, सामाजिक संघ संस्थाहरुलाई आ-आफ्नो क्षेत्रमा लैगिक हिंसा विरुद्धको सचेतनाका कार्यक्रमहरु संचालन गरी राष्ट्रिय अभियानका रुपमा मनाउन महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।

नेपाल सरकार

महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

 

२०७५/०८/०६

पुरा पढ्नको लागी स्क्रोल गर्नुहोस
पुरा हेर्नुहोस

Skip to footer gallery