सम्माननीय प्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाज कल्याण मन्त्री :
शेर बहादुर देउवा
सचिवः
खगराज बराल

पाँचौं अन्तर्राष्ट्रिय बालिका दिवस मनाइदैं

 

बालविवाह अन्त्यको अभियानलाई गति दिने उद्देश्यले राष्ट्रिय र जिल्ला तहमा विविध कार्यक्रम सहित

नेपालमा विगतका वर्षहरूजस्तै पाँचौं अन्तर्राष्ट्रिय बालिका दिवस (आइडीजीसी) मनाइँदैछ ।


 

काठमाडौं, ५ कार्तिक २०७३ –  राजधानीमा वि.सं २०७२ सालको चैतमा सम्पन्न राष्ट्रिय बालिका सम्मेलनमा अभिव्यक्त बालविवाहको अन्त्य सम्बन्धी प्रतिबद्धता समेतमा आधारित रहँदै यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवस (आइडीजीसी) आज काठमाडौंमा एक कार्यक्रमबीच शुभारम्भ गरियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव श्री बिष्णुप्रसाद लम्साल र बालिका प्रतिनिधी सुश्री इरिका नेपालले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । हरेक वर्ष अक्टोबर ११ तारिखका दिन अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइन्छ, तर यो बर्ष नेपालमा उक्त दिन विजया दशमी परेको हुँदा आजका दिनमा यो दिवस मनाइएको हो । 

 

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव श्री लम्सालले बालिका र किशोरीका विशेष आवश्यकतालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै सरकारलाइ यस कार्यमा सवैलाई आ-आफ्ना क्षेत्रवाट सहयोग गर्न आब्हान गर्नु भयो ।

 

समाजमा सदियौं देखि चलि आएका विभिन्न हानिकारक प्रचलनले बालिका र किशोरीहरु प्रभावित भएका छन् ।  समाजमा जरा गाडेर वसेको बालविवाहको प्रचलनले कयौं बालिकाहरु थप हिंसाको चक्रमा परेका कारण उनीहरुको जीवन नै अन्धकारमय भएको छ । कानुनले २० वर्ष पुरा गरे पछि मात्र विवाहको लागि स्वीकृति दिएको भएतापनि अझै पनि करिव २९ प्रतिशत विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । यसलाई समाजले सजिलै स्वीकार गरेको कारण कानुनी कारवाहीमा कमजोरी देखिएको छ ।

 

“किशोरकिशोरीसंग सम्बन्धित सवै मुद्दाहरू सम्बोधन गर्न संवैधानिक, नीतिगत, कानूनी र संरचनागत आधारहरु तयार भईसकेका छन् । किशोर किशोरी सम्वन्धि राष्ट्रिय कार्ययोजना कार्यान्वयन भईरहेको छ । सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने लक्ष्य सहित बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी भए लगत्तै कार्यान्वयनका पहलहरू पनि भईरहेका छन् ।” सम्बोधनका क्रममा सचिव लम्सालले भन्नु भयो ।

 

तिन दिन सम्म मनाईने यस अन्तरराष्ट्रिय बालिका दिवसमा कार्तिक ५-७ गते सम्म किशोरावस्थाको चित्रण सहितको कला प्रदर्शनी, बाल विवाहको अन्त्य र बालिका तथा किशोरी सशक्तिकरणको विषयमा नृत्य, गायन, कवितावाचन, हाजीरी जवाफ जस्ता कार्यक्रम याक प्यालेस, पुल्चोक ललितपुरमा संचालन भइरहेका छन् ।

 

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमका लागि आरट्री, केएर, सिविन, डिएफआइडी, इक्वेल एक्सेस, जीआईजेड, जागृति बाल तथा युवा कन्सर्न नेपाल सोसल अर्गनाइजेसन, नेक्सस, महिला हिंसा विरूद्ध अन्तर धार्मिक राष्ट्रिय संजाल, अक्सफाम नेपाल, रेस्टलेस डेभलपमेन्ट, तितिक्षा फाउन्डेसन, युएनएफपीए, युनिसेफ, वल्ड भिजन  र युवालयको सहयोग रहेको छ । शुभारम्भ कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संधसंस्थाका पदाधिकारीका अलावा संयुक्त राष्ट्रसंघिय बालकोष (यूनिसेफ) नेपालका प्रतिनिधी टोमो होजुमी, बेलायती सहयोग नियोग (डिएफआइडी) नेपालका प्रमुख गेल मरजेटी  र संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (युएनएफपीए) नेपालका प्रतिनिधी जुलिया भलिसीको पनि उपस्थिति रहेको थियो ।

 

थप जानकारीका लागि,

 

डा. किरण रुपाखेती, उपसचिव, महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालय

टेलिफोनः ९८४००६८६४६, ४२००१६८

Email:  kiran.rupakhetee@hotmail.com

 

सुशीला पौडेल (दाहाल)

शाखा अधिकृत,महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय

टेलिफोन:  ९८४३६८३९९०

Email: sushiladahal70@yahoo.com



Send your Suggestions and Comments

* Full Name :
* Address   :
* Email       :